PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एनालग प्रविधिमा सञ्चालित केवल टिभी आजदेखि बन्द हुने



पहिलोपोस्ट

एनालग प्रविधिमा सञ्चालित केवल टिभी आजदेखि बन्द हुने
deltadigit.com

काठमाडौं :  सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिमा चलिरहेका केवल टिभी आजदेखि बन्द गर्ने भएको छ।
मन्त्रालयले पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्ने भएको हो। 

टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपमान्तरण गर्नका लागि बन्द गर्न लागेको मन्त्रालयले जनाएको छ। गाउँपालिकामा भने आगामी वैशाख १५ गतेसम्म प्रविधि अपग्रेड गर्ने समयसीमा तोकिएको छ।

डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए।

सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ ।केवल टेलिभिजनहरुलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई पनि आजदेखि नै एनालग बन्द हुने मन्त्रालयले जनाएको छ ।

डिजिटल प्रणालीमा गएपछि केवलले प्रत्येक टेलिभिजनमा छुट्टाछुट्टै सेटटप बक्स राख्नु पर्ने हुन्छ। त्यसो गर्दा मुलुकमा रहेका टेलिभिजनको संख्या यकिन हुनाको साथै सर्वसाधारणले तिरेको कर पनि सरकारी खातामा नै पुग्छ।

अहिले एनालग प्रणालीको केवल टिभी सेवा प्रदायकले जनताबाट उठाएको कर राज्यलाई बुझाएरनबुझाएको यकिन गर्ने कुनै माध्यम छैन। त्यस्तै एउटा टिभी हेर्ने भनेर लिएको केवललाई घरभरी बाँडेर पनि चलाइएको हुन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell