PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बंगलादेश टूरमा नेपाली महिला टोलीको लगातार दोस्रो जित



पहिलोपोस्ट

बंगलादेश टूरमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्ड कप एसियन कप क्वालिफायरको तयारीका लागि बंगलादेश टूरमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो अभ्यास खेल पनि जितेको छ।

सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपाली महिला टोलीले बंगलादेश क्रिअ शिखा प्रोतिष्ठान (बिकेएसपी)लाई ६ विकेटले पराजित गरेको हो।

आइतबार भएको पहिलो खेलमा पनि नेपाल ६ विकेटले नै विजयी भएको थियो।

थाइल्याण्ड जानुअघि चार खेलको टी-२० अभ्यास सिरिज खेल्न नेपाली महिला टोली बंगलादेश गएको हो।

नेपालले १०९ रनको लक्ष्य १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा नेरी थापा मगरले सर्वाधिक ३० रन बनाइन्। यस्तै ज्योती पाण्डेले २५ तथा सीता रानाले २० रनको योगदान गरिन्। कप्तान रुविना क्षेत्री १३ रनमा नटआउट रहिन्।

बिकेएसपी ग्राउण्डमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०८ रन बनाएको थियो। बिकेएसपीका लागि शोभाना मोसतारेले नटआउट ४८ रन बनाइन्।

नेपालका लागि सीता राना, नेरी थापा र सोनु खड्काले १-१ विकेट लिए।

सिरिज अन्तर्गत नेपाल र बिकेएसपीबीच तेस्रो खेल पर्सी बुधबार हुनेछ। चौथो तथा अन्तिम खेल बिहिबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell