PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विषादी सेवनबाट एक नाबालकको मृत्यु



पहिलोपोस्ट

महोत्तरी :  सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि बिरामी भएका एक नाबालकको मृत्यु भएको छ। 

गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ। 

त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 

प्रहरीले दिएको जानकारी अनुसार आइतबार साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए। 

उनको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा ल्याएपनि समयमै चिकित्सक नआएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँबाट उदयलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell