PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बढी सामान बोकेर नेपाल भित्रिने भारतीय सवारी साधनलाई कडाइ



पहिलोपोस्ट

बढी सामान बोकेर नेपाल भित्रिने भारतीय सवारी साधनलाई कडाइ

कपिलवस्तु:  बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई कपिलवस्तुमा ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ। 

कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन्। जरिवाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारदेखि क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने व्यवस्था गराउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिए। 

ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे अगाडि नै त्यस्ता मालबहक साधनका बढी भार खन्याइएको छ भने ठूला उपकरण र करिडोरका औद्योगिक कच्चा पदार्थ लिएर आउने ट्रकलाई भने छाडिएको छ। 

कृष्णनगर नाका हुँदै नेपाल भित्रने मार्बल, क्लिङ्कर, फलामलगायतका सामान बोकेर आउने भारतीय ट्रकले अत्याधिक भार लिएर आउने गरेका छन्। 

भारतबाट बढी भार लिएर नेपाल भित्रने त्यस्ता ट्रकलाई कारबाही हुन थालेपछि नेपाली ट्रक व्यवसायी खुसी भएका छन्। ती ट्रकलले बढी भार बोकिरहँदा नेपाली ट्रकले मालसामान नपाएर खडा हुनुपर्ने अवस्था रहेकामा अब त्यस्तो समस्या नहुने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell