PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दर्शक र अतिथिले एकसाथ विमोचन गरे कविता संग्रह 'ईश्वरलाई चिठी'



दर्शक र अतिथिले एकसाथ विमोचन गरे कविता संग्रह 'ईश्वरलाई चिठी'

काठमाण्डौं : छन्द कवि मनोज भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठी’ सार्वजनिक भएको छ। रचनावाचन समूहले प्रकाशन गरेको कविता संग्रह शनिबार सर्वनाम थिएटरमा दर्शक र अतिथिहरुले एक साथ विमोचन गरे।

छन्द कवि रमेश खकुरेलले कवि मनोज भण्डारीको यो कविता संग्रहले नेपाली छन्द कवितामा थप उचाइ थप्ने दावी गरे। कवि खकुरेलले अघिल्लो वर्ष रचनावचानले प्रकाशन गरेको गजलकार कमल संघर्षको ‘सडक’ गजल संग्रह बापतको रोयल्टी नगद ५० हजारको चेक हस्तारण गर्दै ठट्यौली पारामा आफुले हालसम्म कुनै पनि संग्रह वापतको रोयल्टी नपाएको बताए।

वक्ताका रुपमा रहेका छन्द कवि डा. रामप्रसाद ज्ञवालीले मनोजको कवितामा देश, जीवन दर्शन भेटिने गरेको र छन्द कवितामा वाचन कला आवश्यक रहेको बताए। लेखन र वाचनमा कवि भण्डारी अब्बल रहेको उनले दावी पनि गरे।

आफ्नो रचनाको रोयल्टी बुझ्दै कार्यक्रमका अर्का वक्ता डा. देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत कविहरुले रोयल्टी पाउन थाल्नुले अब कविहरु बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए। 

कवि अर्जुन पराजुली, बलराम दाहाल, बुनु लामिछाने, देवी नेपाल, ज्ञानुवाकर पौडेल, जय गौडेल, कमल संघर्ष, माधव खतिवडा, मनोज भण्डारी, नवराज पराजुली, राम अविरल विष्ट, सुदेश सत्याल लगायतले युट्युबमा आफ्ना रचना वापतको रोयल्टी पाएका छन्।

सबैका रचना सबै माझ पुर्‍याउने उद्देश्यका साथ रचनावाचन समूह लागि परिपरेको रचना वाचनका अभियन्ता सुरेश सुवेदीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell