PahiloPost

Nov 21, 2017 | ५ मंसिर २०७४


१ करोड २५ लाख लागतमा तीनवटा टेनिस कोर्टसहितको स्पोर्टस् भिल्ला सञ्चालनमा


पहिलोपोस्ट /पहिलोपोस्ट

१ करोड २५ लाख लागतमा तीनवटा टेनिस कोर्टसहितको स्पोर्टस् भिल्ला सञ्चालनमा

काठमडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ स्थित सुन्दरवस्ती भंगालमा तीन टेनिस कोर्टसहित नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला शनिबारबाट सञ्चालनमा आएको हो।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेका डा. राजन भट्टराई र विवेकशील साझा पार्टीकी शुबुना बस्नेत, नेपालमा टेनिस खेल भित्र्याउने ९० बर्षिय हेम लामा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालापनि सहभागी थिए।

१ करोड २५ लाख रुपैयाँको लागतमा ६ महिना लामो समय लगाएर तयार पारिएको स्पोर्टस् भिल्लामा बिहान ६ देखि ९ बजेसम्म टेनिस खेल्ने सुविधा छ। प्रापिटसहितको टेनिस कोर्टमा लाइटको समेत व्यवस्था छ।

नौलिन स्पोर्टस् भिल्लाका प्रबन्ध निर्देशक किशोर थापाले टेनिस खेलाडीहरुको संख्या बढिरहेको र स्वस्थ्य रहनका लागि टेनिस खेल्नेको संख्या पनि बढेको तर स्तरीय कोर्टको अभावमा उनीहरु सामान्य कोर्टमा चित्त बुझाउन बाध्य भएका कारण प्रशिक्षकहरुको सुझाव अनुसार अन्तर्राष्ट्रिय मापदण्डमा आधारित कोर्ट बनाएको बताए।

५ रोपनी क्षेत्रफलमा फैलिएको स्पोर्टस् भिल्लामा खेलाडीहरुका लागि तीन जना प्रशिक्षक र आवश्यक संख्यामा बल ब्वाइको व्यवस्था गरिएको छ। उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले निजीस्तरबाट अन्तर्राष्ट्रियस्तरको कोर्ट निर्माणले टेनिस खेलको विकासमा ठूलो टेवा पुग्ने बताए।

पर्याप्त पार्किङ रहेको स्पोर्टस भिल्लामा वार्षिक सदस्यता लिनेका लागि ४५ हजार तथा अन्यका लागि घण्टाको ३ सय रुपैयाँ शुल्क तय गरेको छ। स्कुल र कलेजका विद्यार्थीहरुका लागि भने छुट गरिने प्रबन्ध निर्देशक थापाले जानकारी दिए।

स्पोर्टस् भिल्लामा टेनिस खेलका लागि आवश्यक सामाग्री पनि उपलब्ध छन्। खेलाडीहरुको माग अनुसार अन्य सुविधा क्रमशः थप गरिने प्रबन्ध निर्देशक थापाले जनाए। स्पोर्टस् भिल्लाको उद्घाटनका क्रममा टेनिसका प्रशिक्षक रामबहादुर तामाङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

प्रशिक्षक लामाले तीनवटा कोर्टसहितको स्पोर्टस् भिल्ला सञ्चालनमा आएसँगै कमजोर गुणस्तरका कोर्टमा पनि टेनिस खेल्न पालो पर्खनुपर्ने अवस्था न्युनिकरण गर्न ठूलो टेवा पुग्ने बताए। उनले स्पोर्टस् भिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको समेत लिए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal