PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

भक्तपुर: भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

विपरीत दिशाबाट आउँदै गरेका बा ४९प १५४९ नम्बरको मोटरसाइकल र बा ९० प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ४९ प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर –१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। बा ९० प ३९६५ नम्बरको मोटरसाइकल र त्यसका चालक मध्यपुर थिमी नगरपालिका –७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell