PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बागलुङको बडीगाडमा ट्रक दुर्घटना, पाँच घाइते



पहिलोपोस्ट

बागलुङ :  मध्यपहाडी लोकमार्गको बागलुङ खण्डस्थित बडीगाड गाउँपालिका–२ मा आज बिहान भएको ट्रक दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। 

रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ गइरहेको ना ३ ख ३७८५ नम्बरको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो। 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। बीच सडकमै ट्रक पल्टेपछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

ग्वालीचौरमा हुन लागेको न्वागी मेलामा राखिने पिङलगायतका सामग्री बोकेको ट्रक दुर्घटनामा परेको हो। घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell