PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यसरी हुन्छ ग्याष्ट्रिकबाट अल्सर र क्यान्सर, ग्याष्ट्रिकका बिरामीले के खाने, के नखाने?



पहिलोपोस्ट

यसरी हुन्छ ग्याष्ट्रिकबाट अल्सर र क्यान्सर, ग्याष्ट्रिकका बिरामीले के खाने, के नखाने?

सुरेश क्षेत्री

मानव शरीरमा हुने रोगहरु मध्ये ग्याष्ट्रिक पनि एक हो। खानपानको असन्तुलन र हेलचेक्राइ गरेमा यो रोग लाग्दछ। चिकित्सकीय भाषामा ‘प्रिभ्रेन्सन इज बेटर द्यान क्युर’ भनिन्छ। त्यसैले रोग लाग्नुभन्दा पहिले सावधानी अपनाए रोग लाग्दैन्। ७५ प्रतिशतभन्दा बढी मानिसलाई खानपिनको कारणा ग्याष्ट्रिक भएको देखिन्छ।


अहिले ग्याष्ट्रिक नभएको मानिस नेपाली हुन सक्दैन भन्ने गरिन्छ। यो एकदम गलत हो। खानपिनमा सन्तुलन गर्‍यो भने ग्याष्ट्रिकले छुदैन। वास्तवमा ग्याष्ट्रिक रोग नै होइन्।
 

शारीरिक व्यायम गर्ने, चिल्लो पिरो नखाने र योग गर्ने हो भने ग्याष्ट्रिक आफै हराएर जान्छ। तर, ग्याष्ट्रिक हुँदा हेलचेक्राइ गर्ने थाल्यो भने अल्सर, क्यान्सर जस्ता खतरनाक रोग लाग्न सक्छ।
 

पेट दुख्ने, पोल्ने र अम्लपित्त हुने लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटबीचको खाल्टो वरिपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु नै ग्याष्ट्रिकका लक्षण हुन्। ग्याष्ट्रिक हुँदा मुख बिग्रिने, पेट भारी हुने,  रिंगटा लाग्ने, टाउको दुख्ने र पेट फुल्ने गर्छ।
 

आमाशयका भित्तामा भएको इन्फ्लायिसन सुन्निएर रातो तातो भएर दुख्ने समस्या भयो भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ हुन्छ। यस्तो अवस्थालाई भने अल्सर भनिन्छ। ग्यास्ट्रिकको विकराल रुप नै अल्सर हो।
 

किन हुन्छ ग्याष्ट्रिक?

  • धेरै चिया तथा कफीको सेवन।
  • शितल पेय पदार्थको बढी सेवन।
  • बढी तैलीय तथा मसालेदार खाना।
  • बिस्कुट, पाउरोटी, बर्गर आदिको नियमित सेवन।
  • चना, राजमा तथा मासको दालको प्रयोग।
  • नशाजन्य वस्तुहरुको प्रयोग।
  • ढिलो सुत्ने तथा ढिलो उठ्ने बानी।
  • एकै पटक बढी खाना खानु।
  • खाना खाँदा पानी पिउनु।

 

ग्याष्ट्रिकबाट अल्सर र क्यान्सर हुने हुँदा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ।
 

त्यसो भए के खाने त?

फाइवर युक्त, भिटामिन युक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टी अक्सीडेन्ट, चिकेन, माछा, हरियो सागपात गेडागुडी र अण्डा समय मिलाएर खानुपर्छ।

प्रचुर मात्रामा प्रोटिन युक्त खाना जस्तै माछा, मासु, गेडागुडीले पनि एच पाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने पत्ता लागेको छ।

दहीमा हुने प्रोबायोटिक बटर मिल्कले पनि ग्याष्ट्रिकलाई ठिक गर्न सहयोग गर्छ।

अमिलो जातका फलफुल, गेडागुडी, पिडालु, प्याज काउलीमा पाइने फ्लेमोन्वाइडस अनि स्याउ, बेसार, ग्रीन टी, अंगुरमा पाइने पोलीफिनोल्सले पेटको संक्रमण गर्ने एच पाइलोरी व्याक्टेरीया फैलिनबाट जोगाउँछ।
 

ग्याष्ट्रिकका बिरामीले के नखाने?

  • कोल्ड ड्रिङ्क्स, चिया, कफी
  • बढी चिल्लो बोसो भएको खाना
  • मैदाबाट बनेको खानेकुरा जस्तै पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी
  • धुमपान, मध्यपान, पोलेका खानेकुराहरु
  • अनावश्यक रुपमा दुखाई कम गर्ने पेन किलर औषधीहरु सेवन नगर्ने।
  • सेकुवा लगायतका पोलेका खानेकुरा, मद्यपान र धुमपान नगर्ने।
  • खाना एकैपटक धेरै खानुभन्दा थोरै-थोरै पटक-पटक गरेर खाने।
  • नियमित समयमा सुत्ने र नियमित समयमा उठ्ने कुरालाई इमान्दार भएर पालन गर्ने।
  • समयमा नै एच पाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सर जस्तो ठूलो रोगबाट जोगाउँछ।
  • आफन्त, छिमेकी र साथीभाइको कुरा सुनेर प्रमाणित नभएका बिभिन्न औषधीहरु र जडिबुटीको सेवन नगर्ने।
  • विशेषज्ञ डाक्टरसँग जँचाएर उनको सल्लाह अनुसार औषधी सेवन गर्ने र अनुशासित जोनशैली अपनाउने।
  •  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell