PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डोटीको केआइसिंह गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु



पहिलोपोस्ट

डोटीको केआइसिंह गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

बाजुरा :  डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज विहान जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। 

केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। 

उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell