PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस कारण देखिन्छ छालामा समस्या, यसरी सकिन्छ हटाउन



पहिलोपोस्ट

यस कारण देखिन्छ छालामा समस्या, यसरी सकिन्छ हटाउन

  • डा. शिरपा बज्राचार्य 

जाडो सुरुसँगै मानिसहरुमा छालाको समस्या देखा पर्न थाल्छ। छाला फुस्रो हुने,  एलर्जी तथा दाद आउने जस्ता समस्या अधिकांसको साझा समस्या हो।

व्यक्तिको शारीरिक अवस्थाअनुसार छालाको प्रकृति भिन्न हुन्छ। भिन्न भिन्न छालाका प्रकृति अुनसार समस्या पनि फरक नै हुने गर्छ। तुलनात्मक रुपमा चिल्लो छाला हुनेलाई भन्दा फुस्रो छाला हुनेलाई चिसो मौसमले  बढी सताउँछ। सुख्खा छालामा चाडै ब्याक्टेरियाले संक्रमण गर्छ। छाला फुस्रो हुनुको कारण एलर्जी हो।

त्यसैले जाडो महिनामा नुवाउँदा लिक्विड सावुनहरु प्रयोग  गर्नुपर्छ। नुहाउने बितिकै  उच्च गुणस्तरको मोस्चरराइजर क्रिमको प्रयोग गर्नुपर्छ। हर्वल र एन्टिसेप्टिक साबुनले जाडोमा छाला झनै फुस्रो बनाउँछ।

बिहान बेलुका २ पटक मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ भने तेलले शरीर मसाज गर्न पनि सकिन्छ।

जाडोको समयमा तातो पानी बढी प्रयोग गर्न, घाममा बस्ने हुँदा पनि छालाको भएको तौलियपन नष्ट हुन्छ र छाला फुस्रो हुने, फुट्ने गर्छ। अझ विशेषगरी  बृदबृदाहरुमा छालाको समस्या बढी देखिन्छ।

सुरुमै सजकता अपनाए छालालाई स्वस्थ राख्न सकिन्छ। सम्भव भएसम्म छालामा सामान्य देखिए पनि विशेषज्ञ चिकित्सकसँग सुझाब लिनुपर्छ। अन्यथा फुस्रो छाला हुनेहरूले नुहाउँदा वा अन्य काममा मन तातो पानीको प्रयोग गर्नुपर्छ। नुवाउँदा धेरै समय लगाउँनु हुन्न।

घर बाहिर निस्कनुअघि वा घाम, धुँवा, धुलोमा हिड्दा हरेक तीन घण्टामा गुणस्तरीय सनक्रिम लगाउनु पर्छ। चिसो भए पनि छालालाई सधै सफा राख्ने। धुलो, सिमेन्ट, ढुंगा, माटोको काम काम गर्ने व्यक्तिले आवश्यक पञ्जा लगायतका सामग्री प्रयोग गर्ने गर्नुपर्छ।

शरीरमा दाद आउने चिलाउने समस्या सरसफाइ भएन भने हुन्छ। समय समयमा नुवाउने हो भने यस्तो समस्या बिस्तारै हराउँदै जान्छ। छालाको लागि कुनै पनि औषाधी किन्दा औषधी पसलबाट नभइ चिकित्सकहरुसँग सल्लाह गरेर किन्नुपर्छ।

त्यसैगरी अनुहारमा पोतो आउनेहरुले घाममा बस्दा अनुहारमा घाम पारेर बस्नुहुन्न। घाममा बस्दा अनिवार्य रुपमा सनब्लक क्रिम लगाउनुपर्छ। दिनभरी घाममा बसिरहनु राम्रो हुन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell