PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ड्राइभिङ लाइसेन्सको लिखित तयारीमा सघाउन वेबसाइट



पहिलोपोस्ट

ड्राइभिङ लाइसेन्सको लिखित तयारीमा सघाउन वेबसाइट

काठमाडौं: ड्राइभिङ लाइसेन्सको लिखित तयारी अब अनलाइनबाटै गर्न सकिने भएको छ। विभिन्न तयारी कक्षाहरु धाउनु र किताबहरु किनेर पढ्नुभन्दा सहज तरिका ध्यानमा राख्दै अनलाइन तयारी कक्षा सुरु भएको हो। माकुरा क्रियसन्सले उक्त सेवा सुरु गरेको छ।

यसअघि माकुराले ड्राइभिङ लाइसेन्स मोबाइल एप सुरु गरेको थियो। उक्त एपको सफलता पश्चात कम्पनीले लाइसेन्सको तयारी प्रक्रियाको सहजताको लागि वेबसाइटलाई माध्यमबाट बनाएको हो। 'हाम्रो नेपाल ड्राइभिङ लाइसेन्स एप लगभग पचास हजार व्यक्तिले उपयोग गरिरहनु भएको छ। सेवालाई अझ सहज एवं सरल बनाउनको लागि हामीले यो वेबसाइटको विकास गरेका हौँ। यसको सहायताले सहज रुपमा लिखित परिक्षाको तयारी गर्न सक्नेछन् र यसको लागि कुनै छुट्टै शुल्क पनि तिर्नुपर्दैन', माकुरा क्रियसन्सका कार्यकारी प्रमुख स्वागत भेटुवालले जानकारी दिए।

मोबाइल एप एन्ड्रोइड प्रयोगकर्ता केन्द्रित थियो। वेबसाइटको हकमा भने आइओएस प्रयोगकर्ताले पनि ब्राउजरहरुमार्फत लाइसेन्स परिक्षाको तयारी सेट पढ्न पाउने छन्। लाइसेन्स नेपाल डट कम वेबसाइटको हकमा तयारी परिक्षा समेत लिन सकिने व्यवस्था रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell