PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु



पहिलोपोस्ट

तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

दमौली : पृथ्वी राजमार्गको डुम्रे–मुग्लिन सडकखण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार राति मोटरसाइकलको ठक्करबाट  तीनजनाको मृत्यु भएको छ। 

काठमाडौँबाट पोखरा गइरहेको वा३८प ५९७५ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना र एक पैदल यात्रुको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकलका चालक भक्तपुर कैलाशपुरका २० वर्षीय निकेष सिंह र पछाडि बस्ने सोही ठाउँका १९ वर्षीय सविन अधिकारी तथा पैदल यात्रु गोरखा पालुङ्टारका ६० वर्षीया नानुमाया राना छन्।

दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell