PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भाउ बढाएपछि निगमलाई पेट्रोलमा साढे ५ रुपैयाँ र मट्टितेलमा १६ रुपैयाँ नाफा, ग्यासमा भने २१५ रुपैयाँ घाटा



भाउ बढाएपछि निगमलाई पेट्रोलमा साढे ५  रुपैयाँ र मट्टितेलमा १६ रुपैयाँ नाफा, ग्यासमा भने २१५ रुपैयाँ घाटा

काठमाडौं : नेपाल आयल निगमले हवार्इ इन्धन बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको दुर्इ रुपैयाँ र डेढ रुपैयाँ मूल्य बढाएको छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको हो।

मूल्यवृद्धिपछि अब काठमाडौंका उपभोक्ताले पेट्रोलको एक सय रुपैयाँ र डिजेल तथा मट्टितेलको ७५ रुपैयाँ ५० पैसा तिर्नुपर्छ भने ग्यास एक सिलिण्डरको १ हजार ३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ।निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्यवृद्धि गर्नुपरेको बताए।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले निगमले मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको हो,’ उनले  भने,मूल्य नबढाएको भए निगमले मासिक २२ करोड रुपैयाँ बढी घाटा हुन्थ्यो।‘

मूल्यवृद्धिपछि निगमलार्इ १५ दिनमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ। मूल्य बढाएपछि निगमलार्इ पेट्रोलमा प्रतिलिटर साढे पाँच रुपैयाँ र मट्टितेलमा १६ रुपैयाँ नाफा छ। निगमलार्इ डिजेलमा प्रतिलिटर ७५ पैसा र ग्यास एक सिलिण्डरमा २ सय १५ रुपैयाँ नोक्सानी छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ त्यसले निगमलार्इ मूल्य बढाउने चुनौती थपेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ६१ डलर पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर निगमले नाफामा गरेर सहज रुपमा तेल आपूर्ति गरिरहेको थियो।अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेपछि मूल्य बढाउने र आपूर्ति सहज बनाउने चुनौतीमा निगम रहनेछ।निर्वाचनको समयमा मूल्य बढाउन कठिन हुने भएकोले घाटा खाएर आपूर्ति गर्नुपर्ने अवस्था समेत रहन्छ।
 
निगमलार्इ ग्यासको मूल्यवृद्धिले सबैभन्दा बढी सकस पार्ने देखिएको छ।अन्तर्राष्ट्रिय बजारमा जाडो महिना लाग्नेवित्तिकै ग्यासको मूल्य बढ्छ।जाडो लाग्नेवित्तिकै एक सिलिण्डरमा दुर्इ सय १५ रुपैयाँ भन्दा बढी नोक्सानी निगमलार्इ भइसकेको छ।

यो जाडो बढ्दै जाँदा अझै बढ्छ।चुनाबको पूर्वसन्ध्यामा मूल्य बढाउन सरकारले नसक्ने र घाटा बढ्दै जाँदा निगमले ग्यासको आपूर्ति समेत गर्न कठिन हुनेछ।‘ग्यासको नोक्सानीले हामीलार्इ ठूलो संकटमा पार्दैछ,’ गोइतले भने, 'निगम फेरि चुनौतिमा धकेलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell