PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री



पहिलोपोस्ट

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

पोखरा : मुस्ताङका कृषकले यस वर्ष ४२ करोड बराबरको स्याउ बिक्री गरेका छन्।

उनीहरुले उत्पादन गरेका स्याउ काठमाडौं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका व्यापारीले बगैँचामा पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए।

थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए। मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो सय तोकिएको थियो।

स्याउको फूल्ने बेलामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए।

यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ। मुस्ताङमा कृषकले यस वर्ष चार सय १५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए। गत वर्ष जिल्लामा चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell