PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

च्याम्पियन्स लिग : चेल्सीको पोष्टमा रोमाको ३ गोल, एथ्लेटिको फेरि बराबरीमा रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : चेल्सीको पोष्टमा रोमाको ३ गोल, एथ्लेटिको फेरि बराबरीमा रोकियो

दुई खेल अगावै च्याम्पियन्स लिगको प्रिक्वारफाइनलमा स्थान बनाउने लक्ष्यसहित इटली पुगेको इंगलिस क्लब चेल्सीलाई धक्का लागेको छ।

समूह चरणको चौथो खेलमा इटालियन क्लब रोमासँग ३-० ले पराजित भएपछि चेल्सीले अन्तिम १६ मा पुग्न अझै कुर्नुपर्ने भएको छ भने अंक तालिकामा दोस्रो स्थानमा झरेको छ।

स्टेफेन अलसारावेको दुई गोल मद्दतमा चेल्सीलाई ३-० ले हराएपछि ४ खेलबाट ८ अंक जोडेको रोमा समूह सी मा शीर्ष सथानमा उक्लेको छ। डिएगो पेरोट्टीले रोमाको लागि अर्को गोल गरे।

यता एथ्लेटिको मड्रिडले भने लगातार दोस्रो खेल बराबरी खेलेको छ। अघिल्लो खेलमा क्वारावागको मैदानमा गोलरहित बराबरीमा रोकिएको एथ्लेटिकोलाई आफ्नै मैदानमा क्वारावागले १-१ को बराबरीमा रोकेको छ। क्वारावागका लागि माइकलले पहिलो हाफमा गोल गर्दै पहिले अग्रता दिलाएका थिए। तर एथ्लेटिकोका लागि थोमसले दोस्रो हाफमा बराबरी गोल गरे।

दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell