PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

युट्युबमा यस्तो पनि गर्न सकिन्छ



पहिलोपोस्ट

युट्युबमा यस्तो पनि गर्न सकिन्छ

अहिले युट्युब भिडियो सेयरिङका लागि चर्चित साइट हो।  युट्युबबाट गर्न सकिने केही विषय, जुन तपाईँलाई थाहा नहुन सक्छ।

१. जिफ इमेज : तपार्इँ जिफ इमेज बनाउन चाहुनुहुन्छ भने युट्युबभन्दा अघि जिआइएफ राखेर जीआइएफयुट्युब डट कममा जानुस्। 

२. भिडियोको स्पीड बढाउन : कुनै ट्युटोरियल हेर्दा तपाईँले युट्युब स्लो पाउनु भएको छ? सेटिङ ट्याबमा गएर स्पीड सेलेक्ट गर्नुहोस्। त्यहाँ युट्युबको भिडियो २५ देखि ५० प्रतिशत स्लो बनाउन सक्नुहुन्छ। 

३. सिङ्ग काराओके : काराओके पार्टीका लागि युट्युब प्रयोग गरेर आनन्द लिन सकिन्छ। काराओकेसँगै कुनै गीतको नाम प्रयोग गरे सर्च गर्न सक्नुहुन्छ। 

४. इन्टरनेट बिना भिडियो  : युट्युब भिडियो सेभ गरेर अफलाइन मोडमा अर्थात् इन्टरनेट बिना पनि हेर्न सक्नुहुन्छ। कुनै भिडियोको मुनि रहेको एरोमा क्लिक गरेर सेभ गर्नसक्नुहुनेछ। यो सुविधा मोबाइलमा मात्र छ, डेस्कटपमा छैन।

५. सजिलै भिडियो डाउनलोड : कुनै पनि भिडियोको युआरएलमा डब्लुडब्लुडब्लु भन्दा अघि एसएस टाइप गर्नुस्। त्यसपछि तपाईँको छुट्टै पेज खुल्नेछ र तपाईँले भिडियो डाउनलोड गर्नसक्नुहुनेछ।

६. पछि भिडियो हेर्न : मन परेको भिडियो सर्च गर्दा केही कारणले तत्कालै हेर्न सक्नुहुन्न। तपाईँले युट्युबको सर्च हिस्ट्रीमा गएर त्यसलाई पछि हेर्नसक्नुहुन्छ। (ग्याजेट्स नाउ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell