PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइजिपी अर्याललाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा मुद्दा : अदालतको अवहेलना अभियोग



पहिलोपोस्ट

आइजिपी अर्याललाई एक वर्ष कैद माग गर्दै सर्वोच्चमा मुद्दा : अदालतको अवहेलना अभियोग

काठमाडौँ :  सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका हुन्। 

पहिलोपोस्टसँग कुरा गर्दै अधिवक्ता त्रिपाठीले भने ‘सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने आदेश दिए पनि पक्राउ नगरेकाले मुद्दा हालेको हुँ।’

अदालतमा पेशी भने बुधबारलाई तोकिएको छ। न्यायाधीश अानन्दमोहन भट्टराईको एकल इजलासले गत चैतमा ढुंगेललाई सात दिनभित्र पक्राउ गर्ने आदेश दिएको थियो । 

अदालतको अवहेलनामा उनलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ। मुद्दामा अर्याललाई स्वयंम अदालतमा उपस्थित हुनुपर्ने माग गरिएको छ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितलाई ज्यान मार्ने धम्की दिएको भन्दै ढुंगेललाई पक्राउ वारेन्टसहित सर्वोच्च अदालतमा २०७३ चैत ३० गते रिट दायर भएको थियो। 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।  

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चबाट दोषी ठहर भए पनि ढुंगेललाई प्रहरीले पक्राउ गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell