PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लक्ष्मण सिटौलाको उपन्यास 'आर्या'माथि फिल्म बन्ने



पहिलोपोस्ट

लक्ष्मण सिटौलाको उपन्यास 'आर्या'माथि फिल्म बन्ने

काठमाडौं: साहित्यकार लक्ष्मण सिटौलाको उपन्यास 'आर्या'माथि फिल्म बन्ने भएको छ। राणाकालीन महिलाहरुको अवस्था र उनीहरुमाथि हुने शोषणको कथा समेटेको उपन्यासमा आधारित फिल्म निर्माण हुने बारे निर्माण युनिटले जानकारी दिएको हो।

श्री तिमिल्सिना फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री शिल्पा पोखरेल शीर्ष भूमिकामा रहने बताइएको छ। धर्मराज श्रेष्ठ निर्माता रहेको ‘आर्या’ मा शिल्पासँगै कलाकारहरु अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी र निरञ्जन शर्माको पनि अभिनय रहनेछ। फिल्मलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गर्दैछन्।

दिव्यराज सुवेदीले खिच्ने फिल्मको फिल्मको छायांकन काठमाडौं र आसपासमा हुने जानकारी दिइयो। फिल्ममा राम सिटौलाको संगीत रहनेछ। मङ्गलबार शुभ मुहूर्त गरिएको आर्याको युनिट केही हप्तामा छायांकनका लागि फ्लोरमा निस्कनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell