PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको छः पूर्वराजदूत उपाध्याय



पहिलोपोस्ट

वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको छः पूर्वराजदूत उपाध्याय

काठमाडौं : पूर्वराजदुत दीपकुमार उपाध्यायले वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उपाध्यायले वाम गठबन्धन चुनाव जिताउनकै लागि मात्रै भएको बताए। उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नुहुँदैन, आफ्नो अभिभारा नेपाली आफैँले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो।’ 

उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको बताए। उनले भने,‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन।’

उनले दुई वर्षे कुटनीति यात्राबाट आफूले विश्राम लिएर पुनः राजनीतिमै फर्किएको स्पष्ट पारे। 

उनले भने,‘जीवन पाठशाला हो, नमरुञ्जेलसम्म सिक्ने हो, विशेष समयमा विशेष भूमिका निर्वाह गरेर म पुनः राजनीतिमा फर्किएको छु, राजदुत भएको बेला पनि म तत्कालिन पार्टी सभापति सुशील कोइराला र तत्कालीन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदूतको भूमिका निर्वाह गरेको हुँ, मैले त्यतिवेला पनि फर्कन्छु भनेर नै जानकारी गराएको थिएँ।’

दुई वर्षे आफ्नो भारत बसाईका क्रममा आफूले विवेकले भ्याएसम्म खुल्ला हृदयले काम गरेको उनले बताए। 

उपाध्यायले भने,‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कति काम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ।’ 
उनले कपिलवस्तुजस्तो बुद्ध जन्मेको माटो, पवित्र भूमि  र त्यहाँका जनताले आफूलाई माग गरेकाले  कुटनीतिकबाट मर्यादित अवतरण लिएको स्पष्ट पारे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell