PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हैजाबाट यमनमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्योः नियन्त्रणका लागि विशेष अभियान सुरु



पहिलोपोस्ट

हैजाबाट यमनमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्योः नियन्त्रणका लागि विशेष अभियान सुरु

साना :  यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ। 

गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। यहाँको अवस्था अत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

प्रायः सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो। हैजाबाट आठ लाख भन्दा बढी नागरिक प्रभावित भएका थिए। 

हैजाको प्रकोप फैलिएका प्रायः स्थानहरु यहाँका हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन्। रेडक्रसको अन्तराष्ट्रिय समितिले ती स्थानमा औषधि वितरण, स्वस्थ पानीको बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम, सरसफाई र अस्पतालमा शैयाबृद्धि तथा स्वास्थ्य कार्यकर्ताहरुको उपलब्धताजस्ता कार्यक्रमहरु सुरु गरिएको बताइएको छ। 

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ। युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन्। त्यसैगरी, आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन्। 

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले पनि सहायता उपलब्ध गराउन सकेका छैनन्। जसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोगहरु बालबालिकामा बढी देखापरेको छ।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell