PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निर्वाचन सुनिश्चित नभएसम्म माओवादी सरकारमै



निर्वाचन सुनिश्चित नभएसम्म माओवादी सरकारमै

काठमाडौँ : माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचन सुनिश्चित नभएसम्म माओवादी सरकारमै रहने बताएकी छिन्। 

'हामीले अबको निर्वाचन सुनिश्चित नभएसम्म सरकारमै रहने भनेका थियौं त्यो अझै पक्का भएको छैन’, भुषालले पहिलोपोस्टलाई बताइन्। 

यसअघि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक ५ गते सरकारबाट बाहिरिने बताएका थिए। 

सत्तारुढ दल माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र चुनावी तालमेल अघि बढाउने सार्वजनिक गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा ल्याएर माओवादीका मन्त्रीहरुलाई बिना विभागीय मन्त्री बनाएका थिए। 

अहिले पार्टीका नेताहरु जिल्लाहरुमै व्यस्त भएकाले पार्टीले मन्त्रीहरु फिर्ता बोलाउनेबारे छलफल गर्न नसकेको माओवादी केन्द्रकी प्रवक्ता भुषालले बताइन्। 

'यसबारे छलफल गर्ने समय नै जुरेको छैन, सबै साथीहरु जिल्लामा जानुभएको छ' उनले भनिन्, ढिला भएको मात्र हो केही समयमै यसबारे छलफल हुन्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell