PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भक्तपुर मिनिबस समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित



पहिलोपोस्ट

नगरकोट : भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन्। 

समितिको १२औँ अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन्। प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरेका थिए। 

अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू छन्।

सदस्यमा राजुप्रसाद न्यौपाने, गंगाराम खाइजू, गोपाल केसी, दयाराम दथेपुथे, आशाराम न्याइच्याइ, सुरेन्द्र जती, किरणप्रसाद गाइँजू र रामशंकर ह्यौमिखा निर्वाचित भएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell