PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोजपुरमा महिलाको उम्मेदवारी शून्य



पहिलोपोस्ट

भोजपुर : प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य रहेको छ। 

भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ।

३३ प्रतिशत महिला सहभागिताको कोटा भए पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ। 

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो। 

त्यस्तै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेश सभाका लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो। 

साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट डिल्लीराम बोहोरा, नयाँशक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट ध्रुवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा मालेबाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell