PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सञ्जिव मानन्धरको गीत 'देखेथें तिमीलाई' सार्वजनिक



पहिलोपोस्ट

सञ्जिव मानन्धरको गीत 'देखेथें तिमीलाई' सार्वजनिक

काठमाडौं: गायक सञ्जिव मानन्धरको नयाँ गीत सार्वजनिक भएको छ। 'देखेथें तिमीलाई' बोलको गीत भिडियो सहित सोमबार युट्युबमार्फत रिलिज गरिएको हो।

सार्वजनिक गीतमा मानस थापाको शब्द रहेको छ भने प्रविन पौडेलले गीतमा संगीत दिएका छन्। गीतकार मानस थापाकै निर्देशन रहेको गीति भिडियोमा प्रनिल कायस्थ, एलेक्स न्यौपाने र सजना अधिकारीको फिचरिङ रहेको छ। भिडियोलाई फिल्म जोनी जेन्टलम्यानका छायांकार रुपेश थापा, दिनेश धिताल र उद्धव रसाइलीले संयुक्त रुपमा खिचेका हुन्।

गीत मानन्धरको 'प्रितको झरी' नामक एल्बममा समावेश छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell