PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केकी,रीमा र प्रियङ्काको पोज



पहिलोपोस्ट

केकी,रीमा र प्रियङ्काको पोज

काठमाडौं: सोमबार अभिनेत्री केकी अधिकारीले निर्माण गर्ने फिल्म 'कोहलपुर एक्सप्रेस' घोषणा भयो। काठमाडौंमा कार्यक्रम आयोजना गरी केकीले निर्माताको रुपमा डेब्यु गर्न लागेको बारे औपचारिक जानकारी दिएकी हुन्। केकीको फिल्म घोषणामा उपस्थित थिए अन्य दुई अभिनेत्री प्रियङ्का कार्की र रीमा विश्वकर्मा पनि।

रीमा घोषणा समारोहकी उद्घोषिका थिइन् भने प्रियङ्का केकी निर्मित फिल्ममा नायिका रहने छिन्। फिल्ममा अर्की अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहने भएपनि अस्वस्थताका कारण उनी कार्यक्रममा उपस्थित थिइनन्। रीमा र केकी एकअर्कालाई 'बेस्ट फ्रेन्ड' बताउँछन्। एकसाथ स्वर फिल्मबाट डेब्यु गरेका यी दुई अभिनेत्री प्राय समारोह र कार्यक्रमहरुमा एकसाथ देखिन्छन्। त्यस्तै फिल्म 'हाउ फन्नी'को रिल बेस्ट फ्रेन्ड हुन् केकी र प्रियङ्का। उनीहरु एकसाथ पर्दामा देखिने कोहलपुर एक्सप्रेस दोस्रो फिल्म हुनेछ।

हेर्नुस् कोहलपुर एक्सप्रेस घोषणा कार्यक्रममा यी तीन अभिनेत्रीले दिएको फोटो पोज: 












 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell