PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिनिधिसभा निर्वाचनः प्रदेश १ का सबै जिल्लामा वाम गठबन्धन बलियो



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनः प्रदेश १ का सबै जिल्लामा वाम गठबन्धन बलियो

काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन भइसकेको छ। दलका तर्फबाट मनोनयन गरेका उम्मेदवारले प्रचारप्रसार सुरु गरिहसका छन्। स्वतन्त्र उम्मेदवारले पनि बुधबार चुनाव चिह्न पाउँदैछन्।

प्रदेश नम्बर १ मा रहेका १४ जिल्लामध्ये पहिलो चरणमा ७ जिल्लामा निर्वाचन हुँदैछ। सात जिल्लामा अधिकांशमा वाम गठबन्धन बलियो देखिन्छन्।

२०७० को संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसले जितेका सोलुखुम्बु, ओखलढुङ्गा, संखुवासभा लगायतका जिल्लामा पनि वाम दलको तालमेलपछि गठबन्धनका उम्मेदवार बलियो देखिएका हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार पनि ओखलढुङ्गा र संखुवासभाबाहेक अन्य जिल्लामा वाम गठबन्धनको फराकिलो मत छ। 

 

स्थानीय तह निर्वाचनमा प्राप्त मत

ताप्लेजुङ

कांग्रेस १९ हजार ५७२

एमाले २० हजार ५५१

माओवादी ४ हजार ३६६


पाँचथर

कांग्रेस  २७ हजार ७७६

एमाले २६ हजार ६७

माओवादी १४ हजार ३५१

 

संखुवासभा

कांग्रेस २७ हजार ४६१  

एमाले २७ हजार ११०

माओवादी ६ हजार ५११

राप्रपा एक हजार २५

संघीय समाजवादी फोरम ५५७

 

भोजपुर

कांग्रेस २० हजार ५६१

एमाले २५ हजार ६८५

माओवादी १२ हजार ७६९

संघीय समाजवादी फोरम २ हजार ९१६

 

सोलुखुम्बु

कांग्रेस १२ हजार ७१८

एमाले १२ हजार २५५

माओवादी ९ हजार ४४४

 

ओखलढुङ्गा

कांग्रेस २६ हजार १०५

एमाले २३ हजार ८३५

माओवादी ९ हजार ६९६

 

खोटाङ

कांग्रेस २२ हजार ७९३

एमाले २४ हजार ६०३

माओवादी १६ हजार ७४५

राप्रपा ८३४

संघीय समाजवादी फोरम २ हजार ४३३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell