PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रजातन्त्रवादी पक्षधरलाई एकजुट हुन कांग्रेस नेता गच्छदारको आग्रह



पहिलोपोस्ट

प्रजातन्त्रवादी पक्षधरलाई एकजुट हुन कांग्रेस नेता गच्छदारको आग्रह

इटहरी :  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताएका छन्। 

कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गरे। 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रुपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा कांग्रेसले निर्वाह गर्दै आएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell