PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ए डिभिजन लिग सर्ने निश्चित, थ्री स्टारलाई एएफसी क्लब च्याम्पियनसिप खेल्ने अर्को मौका



पहिलोपोस्ट

ए डिभिजन लिग सर्ने निश्चित, थ्री स्टारलाई एएफसी क्लब च्याम्पियनसिप खेल्ने अर्को मौका

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी मंसिर १४ गतेदेखि गर्ने भनेको ए डिभिजन लिग सर्ने निश्चित भएको छ।

मंसिर महिनामै दुई चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण लिग दुई साता पछि सार्न लागिएको एन्फा सिइओ इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई जानकारी दिए।

'यसअघि क्लबहरुसँग भएको छलफलमा मंसिर २९ गतेबाट लिग गर्ने भन्ने कुराकानी भएको छ तर निर्णय भने भइसकको छैन। अब फेरि एक चरण क्लबसँग बसेपछि लिगको मिति तय हुनेछ।' तुलाधरले भने।

तीन वर्षयता एन्फाले लिग फुटबल आयोजना गर्न सकेको छैन।

होम एण्ड अवे प्रणालीमा हुने भनिएको लिगमा कूल १६ क्लबले भाग लिने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ। जसमा ए डिभिजनमा रहेका १२ तथा मोफसलका झापा-११, मोरङ-११, रुपन्देही-११ र सुदूरपश्चिम-११ ले खेल्नेछन्।

तुलाधरको अनुसार यस पटक हप्तामा बढीमा ३ र कम्तीमा २ लिग खेल आयोजना गरिनेछ।

एएफसी क्लब च्याम्पियनसिप खेल्ने थ्री स्टारलाई अर्को मौका

सोमबार एन्फा हाउसमा बसेको एन्फा कार्यसमिति बैठकले अर्को महत्वपूर्ण निर्णय समेत गरेको छ। यसअघि एन्फाकै लापरवाहीका कारण एएफसी क्लब कपको दोस्रो चरण खेल्ने अवसर गुमाएको नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले अर्को मौका पाउने भएको छ।

पछिल्ला वर्षहरुमा लिग हुन नसकेका कारण एन्फाले एएफसी क्लब च्याम्पियनसपमा थ्रीस्टारलाई सहभागि गराउनका लागि एएफसीसंग समन्वय गर्ने निर्णयक गरेको तुलाधरले जानकारी दिए। उनका अनुसार एएफसीले उक्त प्रतियोगिता क्लब सहभागि गराउन एन्फालाई पत्र पठाएको र त्यसमा थ्री स्टारलाई पठाउने निर्णय गरेको हो।

'यसमा एएफसीले पनि सकरात्मक बनेको छ। यस्तै थ्री स्टारस्ग पनि छलफल गर्दा उनीहरु पनि सकरात्मक देखिएका छन्,' तुलाधरले भने।

सन् २०१८ को एएफसी क्लबको पहिलो चरणका खेलहरु जनवरी ८ बाट सुरु हुँदैछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell