PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एन्फा कार्यसमितिको चुनाव सर्‍यो, अब माघ ११ गते हुने



पहिलोपोस्ट

एन्फा कार्यसमितिको चुनाव सर्‍यो, अब माघ ११ गते हुने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको चुनाव दुई साता भन्दा बढी समयका लागि सरेको छ।

यसअघि पुसको २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको चुनाव अब माघ ११ गते हुने भएको छ। एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको एन्फाका सिइओ इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई बताए।

'अपिल कमिटी र इलेक्सन कमिटीका लागि समय आवश्यक रहेकाले चुनाव दुई हप्ताका लागि पछि सारिएको हो।' एसियाली फुटबल महासंघ एएफसीसँग सल्लाह गरेर नै चुनावको मिति सारिएको तुलाधरले जानकारी दिए।

यसैगरी कार्यसमिति बैठकले एन्फामा आबद्ध ४५ जिल्ला फुटबल संघलाई कात्तिक २५ देखि मंसिर २५ गतेसम्म जिल्ला फुटबल संघको चुनाव गर्न निर्देशन दिएको छ। यस्तै चुनावबारे माघ ११ सम्म एन्फालाई जानकारी गराउन पनि निर्देशन जारी गरेको छ।

एन्फा हाउसमा बसेको कार्यसमिति बैठकले एड्भोकेट सुमन केसीकाे संयोजकत्वमा इलेक्सन कमिटी बनाएको छ। जसमा लक्ष्मण थापा, राजुभाई मान्नधर, विजय बस्नेत र सागर केसी छन्।

यस्तै एड्भोकेट मोतिराम गौतमको संयोजकत्वमा  बनाइएको इलेक्सन अपिल कमिटीमा बालकृष्ण श्रेष्ठ, सूर्य नारायण अधिकारी, प्रकाश रावल र गंगा सागर छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell