PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मतगणना एकै पटक हुने, पहिलो चरणको मतपेटिका ११ दिनपछि मात्रै खोलिने



रमेश वाग्ले

मतगणना एकै पटक हुने, पहिलो चरणको मतपेटिका ११ दिनपछि मात्रै खोलिने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि मात्र गर्ने निर्णय गरेको छ। 

पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनको मतगणना मंसिर २१ पछि मात्र सुरु हुनेछ। 

आयोगले पहिलो चरणमा हुने निर्वाचनको मत परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित हुने विश्लेषणसहित मतगणना मंसिर २१ पछिका लागि सारेको हो। 

आयोगको यो निर्णयसँगै जनताको मत संकलन भएका मतपेटिकाको सुरक्षाका विषयमा प्रश्न उठेको छ। 

आयोगले पहिलो चरणमा हुने निर्वाचनको मतपेटिका मुख्य निर्वाचन अधिकृतको रेखदेख, नियन्त्रणभित्र रहने जनाएको छ। 

'निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेकै दिन पहिलो चरणको निर्वाचनको मतगणना पनि दोस्रो चरणको निर्वाचन पछि मात्र हुने निर्णय गरेको हो,' निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, 'त्यसैले मतपेटिकाको सुरक्षाको जिम्मा त नेपाल प्रहरीकै हो। त्यसमा मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष नियन्त्रण निर्देशन र जिम्मेवारी रहन्छ।' 

निर्वाचन आयोगले निर्वाचन कार्यतालिकासँगै त्यो निर्णय सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई गराइसकेकाले आवश्यक तयारी पनि जिल्लाहरुले गरिसकेको बताए। 

निर्वाचन दुई चरणमा हुने भनिए पनि पहिलो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रका अधिकारीहरुलाई भने मतपेटिका टाउको दुखाइ हुने अवस्था देखिएको छ। 

पानीबाट जोगाउनुपर्ने, त्यसको सुरक्षामा प्रश्न उठेमा निर्वाचनको विश्वसनियता र वैधतामै प्रश्न उठ्ने भएकाले पनि सुरक्षा अधिकारीका लागि टाउको दुखाइ हुने देखिएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell