PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सिटौलाले भने–समानुपातिकमा होइन, झापा ३ बाट प्रत्यक्षमै चुनाव लड्छु



पहिलोपोस्ट

सिटौलाले भने–समानुपातिकमा होइन, झापा ३ बाट प्रत्यक्षमै चुनाव लड्छु

झापा :  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफू प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन्। 

बाह्रदशी गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारे। 

व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै सिटौलाले भने,‘हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ।’

उनले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उहाँले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell