PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटो हेर्नुस्, यसरी उडाइँदै छ निर्वाचन आचारसंहिताको धज्जी 

फोटो हेर्नुस्, यसरी उडाइँदै छ निर्वाचन आचारसंहिताको धज्जी 


काठमाडौं: मौसम दिनप्रतिदिन चिसिँदै गए पनि देशभर प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सरगर्मी भने बढ्दै गएको छ। तर बागबजारमा रहेका केही व्यापारीलाई भने छुटै व्यस्तताले छोएको छ। 

बागबजारमा रहेका प्रिन्टिङ प्रेसमा अहिले रुख, सूर्य, हँसिया-हथौडा, आदि चित्र अंकित झण्डाहरु, टोपी, टिसर्ट लहरै लाम लागेर फर्फरार्इ रहेका छन्। 

निर्वाचन आयोगको आइतबारको बैठकले निर्वाचन प्रचारका लागि टि-सर्ट, क्याप, अनावश्यक रुपमा झण्डा तथा अन्य प्रचार सामग्रीको उत्पादन र विचरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

तर आयोगको निर्णय र निर्वाचन आचार संहिताको धज्जी उडाउँदै निर्वाचन प्रचारका लागि पार्टीका नारासहितका टि-सर्ट, क्याप, ठूल्ठूला झण्डा तथा अन्य प्रचार सामग्रीको खुलेआम बिक्री तथा प्रदर्शन भइरहेको छ।

व्यापारीहरु निर्वाचन आयोगले प्रतिबन्ध लगाएका यस्ता सामाग्री प्रिन्ट गर्न व्यस्त छन्। एक व्यापारीले भने 'विभिन्न व्यक्ति र दलहरुले आएर अर्डर गर्छन्, हामी त बनाइदिने मात्र न हौं।'

एउट टिसर्ट १ सय ८०, सानो झण्डा २५ र ठूलो बताउन ५० रुपैयाँ लागत लाग्ने व्यापारी बताउछँन्। 

निर्वाचन आयोगले आचारसंहिताको पालनामा निर्णयहरु कडा गर्ने भए पनि त्यसको कार्यान्वयन भने कडाइका साथ हुने गरेको छैन। यस अघि भएका स्थानीय तह निर्वाचन त्यसका उदाहरण हुन्। 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल यसरी हुने उत्पादन र वितरण रोक्न आयोगले निर्णय नै गरिसकेको भन्दै त्यो आचार संहिताको विषय भएकाले सबैले पालना गर्ने बताए। 

'आयोगले निर्वाचनमा तोकिएका बाहेकका प्रचार सामग्री उत्पादन र वितरणमा रोक लगाउने निर्णय गरिसकेकाले यसको पालना सबै क्षेत्रबाट हुन्छ भन्ने हामीले विश्वास लिएका छौं,' प्रवक्ता ढकालले भने, 'यदि त्यसको पालना भएन, उत्पादन र वितरण भएको पाइयो भने उनीहरुलाई आचारसंहिता उलंघन गरेवापत कारवाही हुन्छ।' 

उनले उद्योग वाणिज्य महासंघसहित सबै खाले व्यवसायिक संगठनको नेतृत्वसँगको छलफलबाटै त्यस्तो निर्णय गरिसएको भन्दै निर्वाचन महाअभियानमा सबैले भाग लिने र आयोगको निर्देशन पालना हुने बताए।  










 


ट्रेन्डिङ पोस्ट

Ncell