PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आँधीबाट जापानमा पाँच जनाको मृत्यु, यातायात आवागमन प्रभावित



पहिलोपोस्ट

आँधीबाट जापानमा पाँच जनाको मृत्यु, यातायात आवागमन प्रभावित
फोटो श्रोतः news.com.au

टोकियो : मध्य जापानमा आएको आँधीबाट सोमबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ भने यातायात आवागमनमा प्रभाव परेको छ। मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ। 

सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ। जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय खुलेका छैनन्। 

मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ। ती क्षेत्रमा हवाई उड्डयनहरु पनि स्थगित गरिएका छन्।
 
कतिपय स्थानीय नगरहरुमा उद्धारका लागि पनि सूचना जारी गरिएको छ। आँधीको असर राजधानी टोकियोमा पनि पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ।रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell