PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाम एकताबाट नअत्तालिन प्रधानमन्त्रीलाई एमाले सचिवको आग्रह, गैरकम्युनिष्ट एकतामा लाग्न सुझाव



पहिलोपोस्ट

वाम एकताबाट नअत्तालिन प्रधानमन्त्रीलाई एमाले सचिवको आग्रह, गैरकम्युनिष्ट एकतामा लाग्न सुझाव

  • चन्द्रकान्त खनाल
बुटवल :  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालमा दुईभन्दा बढी पार्टी आवश्यक नभएको बताएका छन्।

गुल्मीको तम्घासमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले आफूहरुले सबै कम्युनिष्टहरु एउटै पार्टी बनाउने प्रक्रिया सुरु गरेको र कांग्रेसलाई पनि गैरकम्युनिष्ट पार्टीबीच एकता प्रक्रिया सुरु गर्न सुझाव दिए।

विश्वका कतिपय मुलुकमा कम्युनिष्टहरुलाई छिन्नभिन्न र असफल पार्ने प्रयास भईरहेका बेला नेपालमा वाम एकताको थालनीले विभिन्न शक्तिहरु  अत्तालिएको बताए।

उनले भने,‘नेपालका हरेक आन्दोलन र सरकारमासमेत कहिले कांग्रेस माआवोदी कहिले एमाले कांग्रेस र माआवादी मिलेर चलाईसकेको हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम एकताबाट कम्युनिष्ट अधिनायकवाद आउने भो भनेर भन्नु हतास मनस्थितिको गैरजिम्मेवार अभिव्यक्ति हो।’

ज्ञवालीले वाम एकताका लागि यतिवेला प्रत्येक  कम्युनिष्ट सदस्यहरुलाई अनुशासित र वलिदानीपूर्ण व्यवहार देखाउन अपिल गरे। 
उनले भने,‘एक अर्काका दुश्मन जस्तो, एक अर्कालाई निषेधको व्यवहार गर्यौं, त्यो गलत थियो, अब हामी जुट्यौं।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell