PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कल्याण गुरुङलाई गोली हानिएको पेस्तोल बरामद



पहिलोपोस्ट

कल्याण गुरुङलाई गोली हानिएको पेस्तोल बरामद
फाइल फोटो

काठमाडौ :  प्रहरीले आइतबार बिहान लैनचौरमा भएको गोलीकाण्डमा प्रयोग भएको एक थान पेस्तोल र दुई थान गोली बरामद गरेको छ।

नयाँ बजारस्थित श्रीकृष्ण अटो वर्कशपमा लुकाएको बा ५ च ९१७५ नम्बरको कारको सिट मुनिबाट प्रहरीले २ थान गोली र काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद गरेको हो।

गोरखा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई काठमाडौं नागार्जुन ५ का ३५ वर्षीय आश्विन भन्ने असुन गुरुङले गोली हानेका थिए।

कल्याणको बयानका आधारमा प्रहरीले गुरुङले प्रयोग गरेको कारबाट गोली र टंकेश्वरस्थित जमिनमुनि लुकाएको अवस्थामा पेस्तोल बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell