PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हास्य कलाकारहरुको 'शत्रु गते'को भयो शुभ मुहुर्त



पहिलोपोस्ट

हास्य कलाकारहरुको 'शत्रु गते'को भयो शुभ मुहुर्त

काठमाडौँ : 'शत्रु गते' फिल्मको फिल्म युनिटले सोमबार कमलादीस्थित गणेश मन्दिरमा उपस्थित भर्इ पूजा गरी शुभ मुहुर्त गरिएको छ।

मह सञ्चारले १७ वर्षपछि प्रस्तुत गर्न लागेको फिल्मको पूजा समारोहमा मह जोडी, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, छायांकार दीर्घ गुरुङ, सङ्गीतकार राजनराज सिवाकोटी, कलाकारहरू दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा लगायतको उपस्थिति रहेको थियो। कलाकार दिपकराज गिरीले क्याल्प र किरण केसीले नरिवल फुटाएर फिल्म युनिट फ्लोरमा निस्किएको घोषणा गरेका थिए। फिल्मको सुटिङ विरगञ्जबाट सुरु हुने बताइएको छ। ५० दिन लामो हुने छायांकन विरगञ्जसँगै काठमाडौंमा पनि हुनेछ।

जात्रा निर्देशक प्रदिप भट्टराईले फिल्म शत्रु गतेलाई निर्देशन गर्दैछन्। उनी महासंचार टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्। फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन्। हरिवंश आचार्यको कथा रहने फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्। फिल्म युनिटले आउँदो चैत ९ गते रिलिज टार्गेट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell