PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधि दिक्पाल कार्कीलाई सम्मान



पहिलोपोस्ट

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधि दिक्पाल कार्कीलाई सम्मान

काठमाडौं : ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स पुगेका दिक्पाल कार्कीले सोसियल मिडिया स्टार तथा पिपल्स च्वाइस गरी दुईवटा टाइटल अवार्ड जित्न सफल भए। कार्यक्रममा सहभागी भएर फर्किएका कार्कीलार्इ फेसियल हाउसले सम्मान गरेको छ।



४० देशबाट प्रतिस्पर्धी सहभागी भएका पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गरेका दिक्पाल अन्तर्राष्ट्रिय प्रतियोगिताको उत्कृष्ट १५ मा पर्न सफल भएका थिए। उनको हौसला बढाउन फेसियल हाउसको लक्जरी ब्राञ्चले उनलाई सम्मान गरेको बताएको छ।

दिक्पालले भने,'नेपालको प्रतिनिधित्व गर्न पाउनु नै मेरो जित थियो। अझै यस्ता प्रतियोगिताहरुमा सहभागी हुन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell