PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कुन जिल्लामा कति उम्मेदवार? कांग्रेस ३५, एमाले २१ र माओवादी १६ क्षेत्रमा भिड्दै



कुन जिल्लामा कति उम्मेदवार? कांग्रेस ३५, एमाले २१ र माओवादी १६ क्षेत्रमा भिड्दै

काठमाडौं : आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले गठबन्धनमार्फत् उम्मेदवारी दिएका छन्। 

मंसिर १० मा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनमा कुनै पनि दलले पूरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छैनन्।गठबन्धनमा चुनाव लड्ने भएकाले दलहरुले गठबन्धनका दललाई निर्वाचन क्षेत्र भाग लगाउँदै जाँदा सबै दलले केही निर्वाचन क्षेत्र छोडेर उम्मेदवारी दिएका हुन्। 

आइतबार दर्ता भएको उम्मेदवारी अनुसार कांग्रेसले सबैभन्दा धेरै ३५ निर्वाचन क्षेत्रमा, एमाललेले २१ निर्वाचन क्षेत्रमा र माओवादी केन्द्रले १६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका हुन्। त्यसबाहेक गठबन्धनमा आवद्ध दलहरु मध्ये लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिले एक र राप्रपा प्रजातान्त्रिकले एक स्थानमा उम्मेदवारी दिएका हुन्। 

गठबन्धनमा आवद्ध नभएका दलहरुले पनि उम्मेदवारी दिँदा प्रदेश सभाको तुलनामा प्रतिनिधि सभामा उम्मेदवारी दिनेको संख्या कम देखिएको छ। 

३७ निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको संख्या ३ सय २० पुगेको छ भने ७४ निर्वाचन क्षेत्रमा हुने प्रदेश सभाको निर्वाचनमा ४ सय ८२ जनाको उम्मेदवारी परेको छ। 

जिल्लागत रुपमा प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा सबैभन्दा धेरै १६ जनाको उम्मेदवारी बनेका छन्। यस्तै सबैभन्दा कम एक निर्वाचन क्षेत्र नै रहेका मनाङ र मुस्ताङमा दुई-दुई जनाको उम्मेदवारी परेको छ। 

यस्तो छ जिल्लागत रुपमा परेका उम्मेदवारीको विवरण 
  

निर्वाचन क्षेत्र प्रतिनिधिसभा प्रदेश (क) प्रदेश (ख)
१. ताप्लेजुङ 
२. पाँचथर ११
३. संखुवासभा  १२
४. भोजपुर 
५. सोलुखुम्बु
६. खोटाङ १०
७. ओखलढुंगा
८. दोलखा  १६ १२ १२
९. रामेछाप १४ १० १२
१०. रसुवा  ११
११. धादिङ 
१२. धादिङ  १३ १७
१३. नुवाकोट  १३
१४. नुवाकोट  ११
१५. सिन्धुपाल्चोक  १३ ११
१६. सिन्धुपाल्चोक  १०
१७. गोरखा 
१८. गोरखा  १०
१९. मनाङ 
२०. लमजुङ  १२
२१. मुस्ताङ 
२२. म्याग्दी 
२३. बागलुङ
२४. बागलुङ 
२५. रुकुम (पूर्व) 
२६. रोल्पा  १०
२७. रुकुम (पश्चिम)
२८. डोल्पा 
२९. मुगु 
३०. जुम्ला 
३१. कालीकोट  १०
३२. हुम्ला 
३३. जाजरकोट 
३४. बाजुरा
३५. बझाङ 
३६. दार्चुला 
३७. बैतडी
जम्मा ३२३ २५६ २२७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell