PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सामी खेडिराको पहिलो ह्याट्रिक, दश खेलाडीको युभेन्ट्सले उडिनेसीलाई हराए



पहिलोपोस्ट

सामी खेडिराको पहिलो ह्याट्रिक, दश खेलाडीको युभेन्ट्सले उडिनेसीलाई हराए

सामी खेडिराले आफ्नो करियरकै पहिलो ह्याट्रिक गरेपछि युभेन्ट्सले इटालिनय सिरी ए मा दश खेलाडीमा रहेर पनि उडिनेसीलाई पराजित गरेको छ।

एक गोलले पछि परेको स्थितीमा युभेन्ट्सले कमब्याक गर्दै ६-२ को शानदार जित हासिल गरेको हो।

मारियो मानुडुकिच २६औँ मिनेटमा बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा झरेको थियो। तर एक खेलाडी कम भए पनि युभेन्ट्सले ४ गोल गर्‍यो भने उडिनेसीले त्यसको फाइदा उठाउन सकेन र एक गोल मात्र गर्न सक्यो।

आठौँ मिनेटमै स्टेप पेरिकाले गोल गर्दै घरेलु टोली उडिनेसीलाई पहिले अग्रता दलाएका थिए। तर उडिनेसीकै समिरले आत्मघाती गोल उपहार दिएपछि युभेन्ट्सले १४औँ मिनेटमा बराबरी गर्‍यो।

२०औँ मिनेटमा सामी खेडिराले व्यक्तिगत पहिलो गोल गरेपछि युभेन्टसले २-१ को अग्रता बनायो।

एक खेलाडी कम भएको युभेन्ट्स विरुद्ध ४८औँ मिनेटमा डानिलोले लगोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए।

५२औँ मिनेटमा डानिएल रुगानीले गोल गर्दै युभेन्ट्सलाई ३-२ को अग्रता दिलाए। खेडिराले ५९औँ र ८७औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने युभेन्टसको जित पक्का गरेका थिए। मिरालेम पिजानिकले ९०औँ मिनेटमा गोल गरेपछि युभेन्ट्सले ६-२ को शानदार जित हासिल गर्‍यो।

सिरो इम्मोबालइको २ गोल मद्दतमा लाजियोले कागलियारीलाई ३-० ले हराएको छ। लाजियोका लागि बासटवसले १ गोल गरे।

जितपछि युभेन्ट्स र लाजियोले समान २२ अंक जोडेका छन्। तर गोल अन्तरमा युभेन्ट्स तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell