PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्रेन्च लिग वन : नेमारलाई रातो कार्ड, कभानीले टारे पिएसजीको हार



पहिलोपोस्ट

फ्रेन्च लिग वन : नेमारलाई रातो कार्ड, कभानीले टारे पिएसजीको हार

फ्रेन्च लिग वनअन्तर्गत भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेनले हार टारेको छ। पिएसजीले मार्सेसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

विश्वका महँगा खेलाडी नेमारले रातो कार्ड सामना गरेको खेलमा पिएसजीका लागी एडिनसन कभानीले इन्जुरी टाइममा बराबरी गोल फर्काएका थिए।

खेलको १६औँ मिनेटमै लुइस गुस्ताभोले गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा नेमारले गोल गर्दै खेल बराबरी गरे।

७८औँ मिनेटमा फ्लोरिएन थाउभिनले गोल गर्दै मार्सेलाई फेरि अग्रता दिलाए।

१ गोलले पछि परेको अवस्थामा बराबरी गोल गरेका नेमार ८७औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पिएसजी दश खेलाडीमा झरेको थियो।

निर्धारित समयसम्म २-१ ले पछि परेका पएसजीको हार टार्न कभानीले इन्जुरी टाइमको तेस्रो मिनेटमा बराबरी गोल फर्काए।

सिजनमा दोस्रो बराबरी खेलेको पिएसजी १० खेलबाट २६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट २२ अंक जोडेको मोनाको दोस्रो स्थानमा छ।

यता मेङ्गपिस डिपाएको ह्याट्रिक मद्दतमा लियोन ट्रोएसलाई ५-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell