PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ला लिगा : रियल र एथ्लेटिको मड्रिड विजयी



पहिलोपोस्ट

ला लिगा : रियल र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगामा दुवै मड्रिड क्बलले जित हात पारेका छन्। रियल मड्रिडले आइवारलाई ३-० तथा एथ्लेटिकोले सेल्टाभिगोलाई १-० ले हरायो।

घरेलु मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा रियललाई जिताउन मार्को असेन्सिओ र मार्सेलोले एक एक गोल गरे भने आइवारका पाउलो ओलिभिएराले एक आत्मघाती गोल गरे।

जितपछि ९ खेलबाट २० अंक जोडेको रियल तेस्रो स्थानमा छ।

यता एथ्लेटिकोलाई ३ अंक दिलाउन केभिन गमेइरोले एक मात्र निर्णायक गोल गरे। ९ खेलबाटै १९ अंक जोडेको एथ्लेटिको चौथौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell