PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रिमियर लिग : लिभरपुलविरुद्ध टोटनहमको शानदार जित, आर्सनलले एभरटनलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलविरुद्ध टोटनहमको शानदार जित, आर्सनलले एभरटनलाई हरायो

लण्डन क्लबद्वय टोटनहम हट्सपर र आर्सनलले प्रिमियर लिगमा आइतबार शानदार जित हासिल गरका छन्। टोटनहमले लिभरपुललाई तथा आर्सनलले एभरटनलाई पराजित गर्दै ३ अंक जोडेका हुन्।

घरेलु मैदानमा ह्यारी केनले २ गोल गरेपछि टोटनहमले लिभरपुललाई ४-१ ले हरायो। टोटनहमका लागि हेन मिन सन र डेले अलीले १-१ गोल गरे।

जितपछि ९ खेलबाट २० अंक जोड्दै टोटनहमले म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। तर गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा छ भने टोटनहम तेस्रो स्थानमा यथावत छ। ९ खेलबाट १३ अंक मात्र जोडेको लिभरपुल नवौ स्थान छ।

यता एक गोलले पछि परेको स्थिती उल्टाउँदै आर्सनलले एभरटनलाई ५-२ ले हरायो। जितपछि ९ खेलबाट १६ अंक जोडेको आर्सनलले पाँचौ स्थानमा उक्लेको छ।

वायन रुनीको गोलमार्फत एभरटनले अग्रता बनाएपनि नाचो मोनरेलले आर्सनलका लागि बराबरी गोल फर्काए भने मेसुट ओजिलको गोलमा आर्सनलले २-१ को अग्रता लियो।

इड्रिसा ग्एयले रातो कार्ड पाएपछि एभरटन दश खेलाडिमा झर्‍यो भने आर्सनलले ३ गोल थप्यो। आर्सनलका लागि लरेन्ट कोसिनले, अलेक्जान्डर लाजाकाटे र एलेक्स सान्चेजले १-१ गो थपे।

एभरटनका लागि ओउमार नेएसले एक गोल थपे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell