PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकै सीटमा दुईवटा मतपत्र भएको निर्णयको अध्ययन गर्न निर्वाचन आयोगद्वारा ७ सदस्यीय समिति गठन



पहिलोपोस्ट

एकै सीटमा दुईवटा मतपत्र भएको निर्णयको अध्ययन गर्न निर्वाचन आयोगद्वारा ७ सदस्यीय समिति गठन

काठमाडौँ :  निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ। 

आयोगको कात्तिक ३ गते बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको आयोगले जनाएको छ। 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई÷दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell