PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चारतारे झण्डा फहराउँदै बाबुराम भट्टराईले गोरखामा दिए उम्मेदवारी



चारतारे झण्डा फहराउँदै बाबुराम भट्टराईले गोरखामा दिए उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको चारतारे झण्डा र नयाँ शक्तिको आँखा अंकित झण्डा फहराउँदै डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वचनका लागि डाक्टर भट्टराईले गोरखा क्षेत्र नम्बर-२ बाट  मनोनयन दर्ता गरेका हुन्।

गत असोज १७ गते वाम गठबन्धनमा आवद्ध हुँदै घोषणामा सहभागी भएका भट्टराई धोका दिएको भन्दै त्यहाँबाट बाहिरिएका थिए। एमालेको निर्वाचन चिन्ह सूर्य लिएर निर्वाचनमा जाने घोषणा गरेका भट्टराई माओवादी र एमालेले आफूलाई सिध्याउन आफ्नो निर्वाचन क्षेत्रमा समेत चुनाव लड्न नदिने भएपछि त्यहाँबाट बाहिरिएका थिए।
 
गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा नगरेका भट्टराईले त्यहाँबाट बाहिरिनु अघि नै नेपाली कांग्रेससँग गठबन्धनको प्रयास थालेका थिए। 

नेपाली कांग्रेससँगको गठबन्‍धनमा चुनाव लड्न लागेका भट्टराईले दुबै पार्टीको झण्डा प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका हुन्। उनीसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीको पनि समर्थन रहने गरी गोरखा क्षेत्रनम्बर-१ बाट उम्मेदवारी दिएका छन्।

कांग्रेसले गोरखा २ को एक सिट भट्टराईलाई दिएको छ भने गोरखा क्षेत्र नम्बर-२ अन्तर्गत प्रदेश  १ पनि भट्टराईलाई दिएको छ।   रसुवामा प्रदेश सभाका लागि नयाँ शक्तिका प्रेम तामाङले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ गोरखा २ को (क) मा हरिशरण आचार्यले उम्मेदवारी दिएका छन्। 

गोरखा २ मा एमाले र माओवादीको गठबन्धनबाट भने नारायणकाजी श्रेष्ठले  र गोरखा १ मा हरि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell