PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएलको अक्सन भोली हुँदै, अक्सनमा ९० खेलाडी समावेश गरिने, एक टिमले १० लाख खर्च गर्न पाउने



पहिलोपोस्ट

इपीएलको अक्सन भोली हुँदै, अक्सनमा ९० खेलाडी समावेश गरिने, एक टिमले १० लाख खर्च गर्न पाउने

काठमाडौं : आगामी डिसेम्वरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को खेलाडी अक्सनका भोली सोमबार हुँदैछ।

राजधानीको अन्नपूर्ण होटलमा हुने अक्सनका लागि खेलाडीको संख्या बढाइएको छ। यसअघि अक्सनमा ७० खेलाडी मात्र समावेश गर्ने भनिएपनि त्यो संख्या बढाएर ९० पूर्‍याइएको आयोजकले जनाएको छ।

इपीएलको टेक्निकल कमिटिले सहभागितर ६ टिमसँग सल्लाह गरेर अक्सनका लागि २० खेलाडी थपेको जनाएको छ।

यस्तै युवा स्पीनर सन्दीप लामिछाने र अलराउण्डर आरिफ शेखलाई ए क्याटेगोरीमा राखिने पनि आयोजकले जनाएको छ।

यस बाहेक एक टिमले खेलाडी अक्सनका लागि खर्च गर्न पाउने रकममा पनि वृद्धि गरिएको छ। यसअघि ९ लाख खर्च गर्न पाउने भनिएपनि अब प्रत्येक टिमले १० लाख सम्म खर्च गर्न पाउनेछन्।

यसअघि ६ टिमका एक-एक मार्क्यु खेलाडीको नाम सार्वजनिक भइसकेको छ। सहभागि टिमहरुमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स,  विराटनगर वारियर्स,  भैरहवा ग्लाडिएटर्स,  पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन्।

नेपाली राष्ट्रिय सिनियर टिमका कप्तान पारस खड्का विराटनगरको मार्क्यु प्लेयरमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल ललितपुरको मार्क्यु प्लेयरमा छन्। यसबाहेक सोमपाल कामी काठमाडौं, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा र दीपेन्द्र सिंह ऐरी चितवन मार्क्यु प्लेयरमा हुन्।

प्रत्येक टिमले अक्सनबाट १०-१० खेलाडी छान्न पाउनेछन्। यस्तै प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछ भने एक जना लोकल प्लेअर ट्यालेन्ट हण्डमार्फत छनोट गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell