PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखरामा १७ लाख ८६ हजार रुपैयाँसहित २१ जुवाडे पक्राउ 



नरहरि पौड्याल

पोखरामा १७ लाख ८६ हजार रुपैयाँसहित २१ जुवाडे पक्राउ 

पोखरा  : प्रहरीले पोखरामा तिहारको समयमा ठूलो रकमसहित २१ जुवाडेलाई पक्राउ गरेको छ।  पोखराका विभिन्न स्थानबाट १७ लाख ८६ हजार सात सय ५५ रुपैयाँसहित २१ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

तिहारको मौका छोपेर विभिन्न स्थानमा जुवा तास खेलिरहेको बेला उनीहरुलाई  पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

कात्तिक १ गते साँझ पोखरा लेखनाथ १६ स्थित रवि मल्लको घर भाडामा लिई बस्ने सानु शाहीको डेराबाट नगद दुई लाख एक हजार सात सय ३५ रुपैयाँ र तीन बुक ताससहित चार जनालाई पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमा पोखरा लेखनाथ  १५ बस्ने ५४ वर्षीय कमल थापा, २९ वर्षीय राजु शाही, पोखरा लेखनाथ ८ का ५७ वर्षीय उत्तम शिल्पकार र ४५ वर्षीय शुक्ल थकाली छन्।

त्यस्तैगरी २ गते दिउँसो पोखरा लेखनाथ—३ नदीपुरस्थित मनमाया गर्बुजाको घरबाट ३८ हजार २० रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पोखरा लेखनाथ ३ का ५१ वर्षीया मनमाया गर्बुजा, ५० वर्षीय संगीता श्रेष्ठ र ३५ वर्षीया खिममाया पुन, म्याग्दी दरबाङका ४७ वर्षीय राम रोक्का, पोखरा लेखनाथ २ का ५० वर्षीया भविषा पुन, पोखरा लेखनाथ ९ का तुलवीर पुन र पोखरा लेखनाथ ३० का ४७ वर्षीय भविलाल पुन छन्।

त्यसैगरी प्रहरीले २ गते राति पोखरा लेखनाथ २२ पुम्दिभुम्दिस्थित पोखरा भ्यू प्वाईण्ट नजिक सूर्य बरालको घरमा तास खेलिरहेका दश जनालाई १५ लाख ४७ हजार रुपैयाँसहित  पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा स्याङ्जाको आँधिखोला गाउँपालिका २ का ४० वर्षीय राजेन्द्रविक्रम पौडेल, ५० वर्षीय  नारायणप्रसाद पौडेल, पोखरा लेखनाथ २१ का ३५ वर्षीय प्रकाश सुबेदी, पोखरा लेखनाथ २२ का ३३ वर्षीय राजेन्द्रबहादुर थापा, पोखरा लेखनाथ १७ का ४० वर्षीय होमबहादुर राना, पोखरा लेखनाथ २१ का ३७ वर्षीय अर्जुन पोख्रेल,  पोखरा लेखनाथ महानगरपालिका २ भैरबटोलको ३५ वर्षीय टीकाराम सुनार र पोखरा लेखनाथ ८ का ४५ वर्षीय ईन्द्रबहादुर कुवँर छन्।

पक्राउ परेका सबैलाई आजै कास्की जिल्ला अदालतबाट जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell