PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विवेकशील साझा पार्टीका १८ जनाको उम्मेद्वारी दर्ता, प्रतिनिधि सभा र प्रदेश सभामा ९/९ जना



पहिलोपोस्ट

विवेकशील साझा पार्टीका १८ जनाको उम्मेद्वारी दर्ता, प्रतिनिधि सभा र प्रदेश सभामा ९/९ जना

 काठमाडौं :  विवेकशील साझा पार्टीले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ ९ र प्रदेश सभामा ९ गरी १८ जनाको उम्मेद्वारी दर्ता गराएको छ।

अधिकांश स्थानमा विवेकशील साझाका उम्मेद्वारहरुले जिल्ला निर्वाचन आयोगको कार्यालय खुले लगत्तै उल्लासमय वातावरणमा आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए।

प्रतिनिधिसभा निर्वाचनका लागि दोलखामा विजयबाबु शिवाकोटी, लमजुङमा निर्देश सिलवाल, गोरखा १ मा नवराज थापा, गोरखा २ मा अृमत पुडासैनी, नुवाकोट २ मा पुरुषोत्तम अधिकारी, सिन्धुपाल्चोक २ मा जयराम भण्डारी, धादिङ १ मा दीपेश थापा, बैतडीमा नारायण अवस्थी र बझाङमा मीनबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, प्रदेश सभातर्फ नुवाकोट १ (क) मा विमल तामाङ, नुवाकोट १(ख)मा कृष्णप्रसाद अधिकारी, नुवाकोट २ (क)मा दामोदर नेपाल, नुवाकोट २ (ख)मा कमान तामाङ, धादिङ १(क)मा जितेन्द्र श्रेष्ठ, बझाङ १(क)मा मोहनबहादुर सिंह, बझाङ १(ख)मा रविन्द्रबहादुर बम, लमजुङ १(क) मा मुनिन्द्र थापा र लमजुङ १(ख)मा तुलसीराम गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell