PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘ऐश्वर्य’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट



पहिलोपोस्ट

‘ऐश्वर्य’लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

काठमाडौं: सिनेमा ‘ऐश्वर्य’लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दियो। कार्तिक ९ गते रिलिज तयारीमा रहेको सिनेमालाई सेन्सरबोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। केही अंश हटाइएको सिनेमा २ घण्टा १५ मिनेट लामो बनेको छ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ।

छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ। फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell