PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आँधी पीडितको सहयोगका लागि आयोजित सांस्कृतिक कार्यक्रममा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी



पहिलोपोस्ट

आँधी पीडितको सहयोगका लागि आयोजित सांस्कृतिक कार्यक्रममा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी
फोटो श्रोतः hindustantimes.com

होस्टन :  अमेरिकामा आँधीबाट प्रभावितहरुका लागि सहयोग सङ्कलन गर्न शनिबार राति आयोजित सांस्कृतिक कार्यक्रममा अमेरिकाका पाँच जना पूर्वराष्ट्रपति पनि सहभागी भएका छन्। 

रात्रीकालिन सांस्कृतिक कार्यक्रमसन्सर्टमा पूर्वराष्ट्रपति जिम्मी कार्टर, जर्ज एच डब्लु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओवामा सहभागी भएका हुन्। 

कार्यक्रममा राष्ट्रपति डोनाल्ड ड्रम्प भने उपस्थित भएका थिएनन्। तर उनले कार्यक्रमका लागि पठाएको भिडियो सन्देशमा तुफानबाट पीडितहरुलाई सहयोगका लागि देखाएको सक्रियताप्रति पूर्वराष्ट्रपतिहरुलाई धन्यबाद दिएका थिए। 

अमेरिकी राज्य टेक्सासको होस्टनदेखि झण्डै १४० किलोमिटर उत्तरपश्चिमी क्षेत्रमा रहेको ए एण्ड एम युनिभर्सीटीमा ‘एक अमेरिकी आग्रह’ नामक कार्यक्रम शनिबार राति आयोजना गरिएको थियो। 

गत अगस्त २५ मा टेक्सास गल्फ कोस्टमा आयोजित आँधीबाट प्रभावितहरुको सहयोगका लागि कोष बढाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन्। 

आँधीमा परी ८० भन्दा धेरैको मृत्यु भएको थियो। साथै यसबाट निकै ठूलो जनधनको क्षति हुन पुगेको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell